काठमाडौं -प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गरेपछि स्थगित भएको प्रतिनिधि सभाको बैठक अब पुस २५ गते बस्ने भएको छ।
आइतबार संसदमा प्रधानमन्त्री केपी ओलीले अहिलेसम्म सरकारले गरेका कामबारे सम्बोधन गरेका थिए। त्यस लगतै
कांग्रेसले प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्न पाउनुपर्ने माग गरेका थिए तर सभामुख कृष्णबहादुर महराले प्रश्नोत्तर गर्ने समय उपलब्ध नगराउने भनेपछि कांग्रेसले रोस्टम घेराउ गर्दै विरोध गरेपछि १५ मिनेटका लागि बैठक स्थगित भएको थियो।
पछि संसद सचिवालयले सूचना टाँस गर्दै २५ गते दिनको १ बजेसम्मका लागि बैठक बोलाएको हो।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
