काठमाडौं– कानुन विपरित सरकारले रेशम चौधरीलाई सपथ दिलाएको आरोप नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले लगाएका छन् ।
४३ औँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा नेपाली काँग्रेस काठमाडौँ महानगरपालिका–२६ ले आज आयोजना गरेको कार्यक्रममा नेता सिंहले भने ‘सरकारबाट दुईतिहाईको बलमा कानुनभन्दा माथि उठेर रेशम चौधरीलाई सपथ खुवाउने काम भएको छ’ साथै उनले भने, ‘सरकारले मुद्दा चलेको व्यक्तिलाई राजनीति फाइदाका लागि कानुन मिचेर सपथ खुवाएको हो ।’
उनले राष्ट्रियता र प्रजातन्त्रलाई सन्तुलित राखेर अगाडि बढ्न विपी कोइराला र गणेशमान सिंहले राष्ट्रिय मेलमिलापको नीति लिएको सो अवसरमा स्मरण गरे ।
नेता सिंहले वाइडबढी किनबेचमा भएको घोटालाबारे सरकारले डराएर छानविनका लागि कानुनविपरीत नयाँ समिति गठन गरेको आरोप लगाए ।
त्यसैले सरकारप्रति जनताको विश्वास घट्दै गएको दाबी गरे ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
