Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कानुनसम्मत रेशम चौधरीलाई सपथ गराइएको हो – नेम्वाङ


  • बिहिबार, पुष १९ २०७५

  • कानुनसम्मत  रेशम चौधरीलाई सपथ गराइएको हो – नेम्वाङ

    काठमाडौ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा )का उपनेता सुवास चन्द्र नेम्वाङले रेशम चौधरीको सपथ ग्रहण स्वभाविक भएको प्रतिक्रिया भएको बताएका छन ।

    आज रेशम चौधरीको सपथ ग्रहणपछि नेकपा संसदीय दलको कार्यालयमा पत्रकार सँग संक्षिप्त प्रतिक्रिया दिँदै उपनेता नेम्वाङले निर्वाचनमा लड्दा प्रक्रियाले नरोकेकोले त्यही निर्वाचनबाट निर्वाचित सांसदलाई सपथ गराउनु स्वभाविक भएको उनको तर्क थियो। चौधरी प्रतिनिधिसभाको निर्वाचनको बेला नै प्रहरीको फरार सूचीमा थिए। वारेसनामामार्फत् उम्मेदवारी दर्ता गराएका चौधरीलाई निर्वाचित सांसदको हैसियतले जनमत अनुसार सपथ गराइएको उनले स्पष्ट पारे।अदालतबाट अपराधी हो भनेर सजाय गरेको अवस्था नभएकाले कानुनसम्मत चौधरीलाई सपथ गराइएको उनले उल्लेख गरे ।

    उनले भने, ‘उहाँ जतिबेला उठ्नुभयो,त्यतिबेला उहाँलाई हाम्रो प्रक्रियाले रोकेन। प्रक्रियाले नरोकेको ठीक भो कि गलत भो कि ? त्यो पनि छलफलको विषय होला । तर प्रक्रियाले रोकेन । उहाँले निर्वाचन लड्न पाउनु भो। निर्वाचन लडिसके पछाडि जनताको जनादेश प्राप्त भो। जनताको जनादेश प्राप्त गरिसके पछाडि उहाँ माननीय सदस्य हुनुभयो। त्यसैले निर्वाचन आयोगबाट प्रमाणपत्र प्राप्त गरेर सभामुख ज्युबाट उहाँले सपथ ग्रहण गर्नुभएको छ।’

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij