Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

स्थायी समितिको बैठकपछि साङ्गठनिक एकता पूरा गरिन्छ – श्रेष्ठ


  • मंगलबार, पुष १० २०७५

  • स्थायी समितिको बैठकपछि साङ्गठनिक एकता पूरा गरिन्छ –  श्रेष्ठ

    कास्की– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको जारी स्थायी कमिटी बैठकपछि तल्ला कमिटी र जनवर्गीय सङ्गठनको एकता पूरा गरिने बताएका छन् ।
    आज पार्टीको गण्डकी प्रदेश कमिटीले पोखरामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले पार्टी एकताको तीन महीनाभित्र सबै तहको एकीकरण सक्ने बताइए पनि विभिन्न कारणले सात महिनासम्म पनि एकता पूरा नभएकाले स्थायी कमिटी बैठक लगत्तै साङ्गठनिक एकता पूरा गरेर पार्टी एकताको उद्देश्य सफल बनाउने बताए ।
    जारी बैठकले सचिवालयबाट घोषणा गरिएको प्रदेश कमिटी अनुमोदन गर्ने, पार्टीको जिल्ला कमिटी, महानगरलगायत तल्ला कमिटी तथा जनवर्गीय सङ्गठनको एकीकरणको आधार तयार गर्ने, केन्द्रीय सदस्यको जिम्मेवारी निश्चित गरी शक्तिशाली र क्रान्तिकारी पार्टी निर्माण गर्न बैठक प्रश्थान विन्दु हुने नेता श्रेष्ठले जानकारी दिए ।

    उनले वर्तमान सरकार सफल हुनु र नहुनुमा समग्र देश र पार्टीको समेत भविष्य जोडिएकाले सरकारलाई हरहालतमा सफल बनाइने बताए । ‘इतिहासकै शक्तिशाली सरकारसँग जनताको ठूलो अपेक्षा छ । यो सरकार असफल भए प्रधानमन्त्री र मन्त्री मात्र असफल हुँदैनन् । देश र पार्टीको भविष्यलाई समेत असर गर्दछ ।’ नेता श्रेष्ठले भने ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij