Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्धको रिट सर्वोच्चद्धारा खारेज


  • शुक्रबार, पुष ६ २०७५

  • कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्धको रिट  सर्वोच्चद्धारा खारेज

    काठमाडौं– प्रमुख प्रतिपक्ष दल कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध सर्वोच्च अदालतमा परेको रिट खारेज भएको छ।
    प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश वमकुमार श्रेष्ठको संयुक्त इजलाशले देउवाविरुद्धको रिट शुक्रबार खारेज गरेको हो।
    प्रहरी महानिरीक्षक नियुक्तिको विषयमा कांग्रेसले अदालतको अवहेलना गरेको भन्दै ‍देउवाविरुद्ध रिट दायर भएको थियो। रिटमा केन्द्रीय सभापति देउवा र पार्टी विपक्ष बनाइएको थियो।
    महानिरीक्षक नियुक्तिबारे सर्वोच्चले गरेको फैसलाले कार्यपालिकाको अधिकारमा हस्तक्षेप गरेको निर्णय कांग्रेस केन्द्रीय समितिले गर्दा अदालतको अवहेलना भएको भन्दै अधिवक्ता हरिप्रसाद मैनालीले २०७३ चैत १५ गते कांग्रेस र देउवाविरुद्ध रिट दायर गरेका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij