Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

भैरहवा ग्लाडिटयर्स काठमाडौं किङ्सलाई हराउँदै फाइनलमा


  • बिहिबार, पुष ५ २०७५

  • भैरहवा ग्लाडिटयर्स काठमाडौं किङ्सलाई हराउँदै  फाइनलमा

    काठमाडौं– राजधानीमा जारी एभरेष्ट प्रिमियर लिगमा काठमाडौं किङ्सलाई हराउँदै भैरहवा ग्लाडिटयर्स फाइनलमा प्रवेश गरेको छ।
    आज कीर्तिपुर क्रिकेट मैदानमा भएको दोस्रो क्वालिफायर्समा काठमाडौं किंग्सलाई ६ विकेटले हराउँदै भैरहवा उपाधि नजिक पुगेको हो।
    यो जितसँगै भैरहवा फाइनलमा उपाधिका लागि ललितपुरसँग खेल्ने भएको छ।
    काठमाडौंले दिएको १०१ रनको लक्ष्य भैरहवाले १७ ओभरमा ४ विकेट गुमाएर पुरा गर्‍यो।
    भैरहवाको जितमा नेदरल्याण्डका रायन टेन दोयसछतेले सर्वाधिक ४५ रन बनाए।भारतीय खेलाडी रबिइन्दर सिंहले ३१ रनको योगदान दिए।
    कप्तान शरद भेसवारले ६ रन बनाउँदा रोहितकुमार पौडेलले १० रनसहित विजयी रन प्रहार गरे।
    काठमाडौंका लागि संसद शेखले २ तथा प्रदिप साहूले १ विकेट लिए पनि टिमलाई जिताउन सकेनन्।
    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १०० रन बनायो।
    काठमाडौंका लागि सन्दिप रजालीले सर्वाधिक २७ रन बनाए। प्रदिप साहुले २५ र अमित श्रेष्ठले १३ रन बनाउनुबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्।
    काठमाडौंका कप्तान रोहन मुस्तफा ६ रनमा आउट हुँदा नरेश बुढाऐर दुई र केभिन ओब्राइनले खाता खोल्न पाएनन्।

    बलिङमा भैरहवाका कुशल मल्लले तीन विकेट लिँदा मोहम्मद नाबिदले २ तथा सरद भेसवाकर र अभिनास बोहोराले समान १(१ विकेट हात पारे।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij