Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आजबाट कांग्रेस महासमिति बैठक


  • शनिबार, मंसिर २९ २०७५

  • आजबाट कांग्रेस महासमिति बैठक

    काठमाडौं -कांग्रेसको विधानअनुसार हरेक वर्ष हुनुपर्ने महासमिति बैठक ६ वर्षपछि आज सुरु हुँदै छ । यसअघि ०६९ चैतमा महासमितिको नवौँ बैठक भएको थियो ।
    नेतृत्व बदल्नेबाहेक पार्टीका नीतिगत निर्णयहरूका लागि कांग्रेसमा महासमिति बैठक महत्वपूर्ण मानिन्छ । महासमितिले विधान संशोधनलाई दुईतिहाइले पास गर्नेदेखि पार्टीको भावी राजनीतिक दिशा तय गर्नेछ ।
    स्थानीय तह, प्रदेश र संघीय संसद्को निर्वाचनमा पराजय व्यहोरेपछि हुन लागेकाले यो महासमिति बैठकलाई कांग्रेस वृत्तले महत्वसाथ हेरेको छ । पार्टीलाई राजनीतिक उचाइ दिने गरी नीति, कार्यक्रम र संगठन बनाउनुपर्ने दबाब बैठकमा उठ्ने नेताहरूले बताएका छन् । शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएको ३२ महिनापछि बैठक हुन लागेको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij