Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

संविधान संशोधन गर्दै अघि बढ्छौं – अध्यक्ष दाहाल


  • बिहिबार, मंसिर २७ २०७५

  • संविधान संशोधन गर्दै अघि बढ्छौं – अध्यक्ष दाहाल

    काठमाडौं– सत्तारुढ नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन गर्दै अघि बढने बताएका छन् ।
    बिहिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले उत्पीडित वर्ग, जाति र समूदायको हक अधिकारलाई सुनिश्चित गर्न पनि परिमार्जन र संशोधनको प्रक्रियाबाट गुज्रिदै संविधानलाई पूर्णता दिनुको विकल्प नरहेको पनि स्पष्ट पारे ।
    उनले उत्पीडित समूदाय र सहिदहरुको सपना पूरा गर्ने दिशामा शान्तिपूर्ण ढंगले संघर्ष गर्दै अघि बढन पनि सम्बन्धित पक्षलाई आह्वान गरे ।
    त्यस अवसरमा अध्यक्ष दाहालले थारु समुदायको हक, अधिकार सुनिश्चित गर्न आफूले सक्दो पहल गर्ने आश्वासन पनि दिए । दाहालले सत्तारुढ राष्ट्रिय जनता पार्टी, नेपालले तत्काल संविधान संधोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने बताइरहेका बेला संविधान संशोधन गर्दै अघि बढने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij