Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेकपाले जनतालाई धोका दियो – नेता पौडेल


  • बिहिबार, मंसिर २७ २०७५

  • नेकपाले जनतालाई धोका दियो – नेता पौडेल

    काठमाडौं – सुशासन दिन्छु भनेर नेपाल कम्युनिस्ट पार्टीले जनतालाई धोका दिएको नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले बताएका छन् ।
    बिहीबार नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवाद शीर्षकको आफ्नो पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै नेता पौडेलले ‘सुशासन ल्याउँछु भनेर प्रचण्ड र केपी ओलीले विश्वास दिलाउनुभयो, उहाँहरुले पनि धोका दिनुभयो ।’ साथै ‘वाइडबडी जहाज खरिद काण्डदेखि चिनी काण्ड, सुन काण्डजस्ता भ्रष्टाचार काण्डले गर्दा समाजवादमाथि धोका भएको छ ।’
    भ्रष्टाचार समाजवादको लागि सबैभन्दा ठूलो धोका भएको उनको भनाइ छ । समाजवादको पक्षमा अब वैचारिक अभियान लिएर गाउँगाउँमा जान र पार्टीभित्र पनि छलफल चलाउन उनले कार्यकर्ताहरुलाई आग्रह गरे ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij