बुटवल– बिहीबारदेखि प्रदेश ५ प्रदेश सभाको हिउदे अधिवेशन शुरु हुँदैछ । झन्डै ४ महिनापछि भोलि बैठक बस्न लागेको हो । दिउँसो १ बजे शुरु हुने अधिवेशन कानुन निर्माणमा केन्द्रित हुनेछ । सरकारले प्रदेशसभालाई बिजनेश दिनका लागि १५ भन्दा बढी विधेयक स्वीकृत गरिसकेको छ भने ४ वटा विधेयक प्रदेश सभामा दर्ता गरिसकेको छ ।
बैठक शुरु भएलगत्तै प्रदेश प्रमुख उमाकान्त झाबाट प्रदेशसभाको अधिवेशन आह्वान भएको पत्र सभामुख पूर्णबहादुर घर्तीले सुनाउने छन्
सभामुख घर्तीले दोश्रो अधिवेशनबाट पारित भई प्रदेश प्रमुखबाट प्रमाणीकरण भएका विधेयकसम्बन्धी पत्रहरु पढेर सुनाउनेछन् । त्यसपछि दलको तर्फबाट प्रदेशसभाको बैठकमा प्रदेशसभा सदस्यहरुले बोल्नेछन्
बिहीबारनै प्रदेश सभामा दुईवटा विधेयक पेश हुनेछन् । प्रदेश नं. ५ जाँचबुझ आयोगको गठन तथा काम, कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश नम्बर ५ संघ–संस्थाहरुको दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश हुने छ ।
यस्तै बैठकमा विशेषाधिकार समितिको सभापति र प्रदेश नम्बर ५ को नामाकरण र स्थायी राजधानी सम्बन्धी विशेष समितिको संयोजक चयन गरेकोबारे सभामुखले सभालाई जानकारी गराउनेछन् । बैठकमा प्रदेश नम्बर ५ को नामाकरण र स्थायी राजधानीसम्बन्धी विशेष समितिको प्रतिवेदन बुझाउने समय थप गरिएको सभामुख घर्तीले सभालाई जानकारी तयारी रहेको प्रदेश सभाले जारी गरेको सुचनामा उल्लेख छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
