Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

निरंकुश शैलीले अघि बढिरहेको वर्तमान सरकारबाट संविधान कार्यान्यन हुने लक्षण छैन् – नेता पौडेल


  • आइतबार, मंसिर २३ २०७५

  • निरंकुश शैलीले अघि बढिरहेको वर्तमान सरकारबाट संविधान कार्यान्यन हुने लक्षण  छैन् – नेता पौडेल

    तनहुँ– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले अन्य सरकारी संरचनालाई पंगु बनाई प्रधानमन्त्री कार्यालयलाई मात्र बलियो बनाएर प्रधानमन्त्रीले प्रशासनमा नांगो हस्तक्षेप गरेको आरोप लगाए ।
    कर्मचारी यूनियन संघ तनहुँले दमौलीमा गरेको कार्यक्रममा नेता पौडेलले प्रधानमन्त्रीका केपी ओलीका पछिल्ला अभिव्यक्ति र सरकारी काम कार्वाहीले सरकार निरंकुशतातर्फ उन्मुख भएको पुष्टि गरेको दाबी गरेका छन् ।
    “ठूल–ठूला आयोजनाहरु आफ्नै मातहतमा ल्याई देशभक्त इमान्दार कर्मचारीको मनोबल गिराउँदै स्वयं सर्वशक्तिमान बन्ने दाउमा प्रधानमन्त्री हुनुहुन्छ” पौडेलले भने ।
    २१ औं शताब्दीमा अलोकतान्त्रीक सोचको नेतृत्व नगर्न प्रधानमन्त्री ओलीलाई सुझाव दिँदै पौडेलले आफ्ना विरोधीलाई अरिंगालले झै झम्टन निर्देशन दिने प्रधानमन्त्री अहिले अन्यत्र कहीँ नभेटिने दाबी गरे । आफ्नो विरोध सुन्नै नसक्ने प्रधानमन्त्री ओलीले बुद्धिजीवीहरुलाई गाली गलौज गरेर आफ्नो असली चरित्र देखाएको पौडेलको भनाइ थियो ।
    “प्रधानमन्त्री ओलीलाई उनलै दलका शीर्ष नेताहरुले समेत बहिष्कार गर्न थालिसके, तर उहाँलाई अझै आफू जस्तो कोही छैन भन्ने दम्भ छ” पौडेलले भने ।
    निरंकुश शैलीले अघि बढिरहेको वर्तमान सरकारबाट संविधान कार्यान्यन हुने लक्षण नभएकाले नेपाली कांग्रेसको नेतृत्वले धैर्यता नगुमाई कार्य सम्पादन गर्नुपर्ने पौडेलले बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij