काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्ड भ्रमण सकेर बिहिबार स्वदेश फर्किएकी छन्।
त्रिभुवन विमानस्थलमा उनलाई प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, गृहमन्त्री रामबहादुर थापा, रक्षामन्त्री ईश्वर पोखरेल लगायतले स्वागत गरेका हुन्।
राष्ट्रपति भण्डारी पोल्याण्डका समकक्षी राष्ट्रपति एन्ड्रेजी सेबेस्टेन डुडाको मैत्रीपूर्ण निमन्त्रणामा शनिबार बिहान त्यसतर्फ प्रस्थान गरेकी थिइन्।
उनीसँगै सांसदहरू पूर्णाकुमारी सुवेदी, कृष्ण गोपाल श्रेष्ठ, पुष्पा भुसाल गौतम, रामसहायक प्रसाद यादव, चन्द्रा चौधरी, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, राष्ट्रपति कार्यालयका अधिकारीहरू, परराष्ट्र र वन मन्त्रालयका अधिकारी भ्रमण टोलीमा सहभागी थिए।
उनी पोल्याण्डको कातोबीचमा आयोजना भएको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धी कोप २४ को उद्घाटन समारोहमा सहभागी भएर आएकी हुन्।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
