काठमाडौं -त्रिभुवन विश्वविद्यालयको उपकुलपति तीर्थ खनियाँको कार्यकक्षमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले ताला लगाएको छ।
मापदण्ड नै नपुगेका आंगिक, सामुदायिक र निजी क्याम्पसलाई त्रिविले ब्याचलर अफ कम्प्युटर अप्लिकेसनलगायत विषयमा दिएको सम्बन्धन फिर्ता लिन माग गर्दै नेविसंघको त्रिवि इकाइले उपकुलपति, शिक्षाध्यक्ष र योजना निर्देशनालयका प्रमुखको कार्यकक्षमा ताला लगाएको हो।
त्रिविले केही समयअघि बिसिएलगायत विभिन्न विषय पढाउने गरी एक सय १६ क्याम्पसलाई सम्बन्धन दिएको थियो।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
