Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

१६ औं कर्णेल जेपी क्रस छात्र-छात्रा बास्केटबल उपाधी टप्स माबीले जित्यो


  • मंगलबार, मंसिर १८ २०७५

  • १६ औं कर्णेल जेपी क्रस छात्र-छात्रा बास्केटबल उपाधी टप्स माबीले जित्यो

    पोखरा– कास्की जिल्ला बास्केबल संघ द्वारा आयोजित १६ औं कर्णेल जेपी क्रस अन्तर विद्यालय छात्र÷छात्रा दुबै तर्फको बास्केटबल उपाधी टप्स माबीले जितेको छ । टप्सले लगातार दोश्रो पटक उपाधी उचालेको हो ।
    सोमबार सम्पन्न छात्र तर्फको फाइनल खेलमा टप्सले चिर परिचित प्रतिद्वन्दी माउन्ट अन्नपूर्ण माबीलाई ८५–४१ को स्कोरले पराजित गर्दै उपाधी जितेको हो । यता छात्र तर्फको फाइनलमा टप्सले माउन्ट अन्नपूर्ण माबीलाई ४५–१३ को स्कोरले पराजित गर्दै उपाधी उचालको हो ।
    उपाधी बिजेता टप्सले नगद १० हजार र उपविजेता माउन्ट अन्नपूर्णले नगद ६ हजार प्राप्त गरेको छ ।


    १६ औं संस्करणमा छात्र तर्फ हिल पोइन्ट माबी तेश्रो भयो भने लिटिल स्टेप माबी छात्रा तर्फ तेश्रो बन्न सफल रह्यो । तेश्रो स्थान हासिल गर्ने छात्र÷छात्र टिमले नगद ४ हजार प्राप्त गरेका छन ।
    प्रतियोगितामा छात्र तर्फ टप्सका उत्कृष्ट खेलाडी रहे भने माउन्ट अन्नपूर्णका खबिन थापा मगरले २२ स्कोर गर्दै उच्च स्कोरर बन्न सफल रहे । यता छात्रा तर्फ टप्सकी ममता डगौरा उत्कृष्ट खेलाडी र माउन्ट अन्नपूर्णकी उच्च स्कोरर घोषित भए ।
    बिजेता टिमलाई पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिशी, शिक्षा प्रेमी एवम समाजसेवी कर्णेल जेपी क्रस, कास्की जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष याम बहादुर गुरुङ, पोखरेली मंच यूकेका अध्यक्ष मान प्रसाद गुरुङ, नेपाल बास्केटबल संघका उपाध्यक्ष जुम प्रसाद गुरुङ, पोखरा महानगरका वरिष्ठ कानुन अधिकृत नारायण प्रसाद शर्मा लगाएतले कप, मेडल, प्रमाणपत्र र नगद वितरण गरेका थिए ।
    सो अबसरमा बोल्दै पोखरा महानगरका मेयर जिशीले पोखरालाई खेलकुद पर्यटनको हब बनाउन सेती नदीमा सहाशिक खेलका लागि काम सुरु गरिसकेको बताए । उनले पोखरामा दक्षिण एशियाली स्तरको खेलहरु आयोजना गर्न सक्ने गरि पूर्वाधार बिकासलाई अगाडी बढाउने प्रतिवद्धता जाहेर गरे ।
    समापन कार्यक्रम संघका अध्यक्ष ध्वज कुमार गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij