विराटनगर-विराटनगर महानगरपालिकाको महेन्द्र चोकस्थित प्रेम दाहालको किराना पसलमा शनिबार बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बिहान करीब ३ बजे भएको सो आगलागीमा करीब तीन लाख मूल्य बराबरको पसलको सामान र घर जलेर नष्ट भएको छ । पसलसँगै रहेको मोटर ग्यारेजको एउटा गाडीको आधा भाग जलेको छ । आगलागी कसरी भयो थाहा पाउन सकिएको छैन । विराटनगर बारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
