Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

ओली नेतृत्वको बहुमतको सरकार फ्लप भइसकेको छ- कांग्रेस नेता गिरी


  • आइतबार, मंसिर १६ २०७५

  • ओली नेतृत्वको बहुमतको सरकार फ्लप भइसकेको छ- कांग्रेस नेता गिरी

    दाङ-नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले प्रधानमन्त्री केपी शर्मा ओली फ्लप भइसकेको बताएका छन्।

    शनिबार दाङको तुलसीपुरमा आयोजित प्रजातान्त्रिक उद्योगी व्यवसायी संघको तेस्रो साधारणसभालाई सम्बोधन गर्दै पूर्व मन्त्री समेत रहेका गिरीले प्रधानमन्त्री ओली निराश बनिसकेको दाबी गरे।

    ‘ओली नेतृत्वको बहुमतको सरकार फ्लप भइसकेको छ, अब यो सरकारबाट कुनै कुराको आशा गर्नु बेकार हो,’ नेता गिरीले भने।

    प्रधानमन्त्रीले आफ्नो तस्वीर टाँसेर नयाँ युगको सुरूआत भयो भन्ने तर्क गर्नुले जग हसाएको उनले बताए।

    नेता गिरीले ओली सरकारले समाजका शान्ति सुरक्षा कायम गर्न नसकेको, निर्मलाको हत्यारालाई संरक्षण गरेको, सुन काण्डभित्रका ठूला माछालाई जोगाएको, जनताको ढाड सेकिने गरि चर्को कर असुली गरेको भन्दै आलोचना गरेका थिए।

    ‘कुनै काम गर्नु नपर्ने,तर झूटा गफको ढोङले सत्ता सञ्चालन गर्न खोज्ने प्रवृतिविरूद्ध कांग्रेस उत्रने छ,’ नेता गिरीले भने। कांग्रेस केन्द्रीय समितिको बैठकमा पदाधिकारी थप्नुपर्छ र थप्नु हुन्न भन्ने विषयमा विवादहरू रहेता पनि त्यो कुरा छलफलबाट टुंगो लाग्ने उनको तर्क थियो।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij