Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राजनीतिक स्थायित्व र संविधान निर्माणका कारण नै पार्टी एकता सम्भव भएको हो – अध्यक्ष प्रचण्ड


  • शुक्रबार, मंसिर १४ २०७५

  • राजनीतिक स्थायित्व र संविधान निर्माणका कारण नै पार्टी एकता सम्भव भएको हो – अध्यक्ष प्रचण्ड

    धादिङ– नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुप्पकमल दाहालले राजनीतिक स्थायित्व र संविधान निर्माणका कारण नै पार्टी एकता सम्भव भएको बताएका छन्।

    धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि पर्यटन जलश्रोत तथा उद्योगको पूर्वाधार’ भन्ने मूल नाराका साथ जिल्लाको बेनिघाट रोराङ गाउँपालिकास्थित चरौदीमा सुरु भएको कृषि, पर्यटन तथा औद्योगिक मेलाको उद्घाटन गर्दै अध्यक्ष दाहालले राजनीतिक दलबीचको एकता र सम्झौता भएको भन्दै शान्ति प्रक्रियाका बाँकी काम सहमतिबाट हुने बताए। शान्ति प्रक्रियाका बाँकी कामलाई राजनीतिक दलहरु बीचको सहमतिका आधारमा टुङ्गोमा पु¥याउन नेपाली काँग्रेससँग छलफल भइरहेको बताए।

    नेपालको राजनीतिक परिवर्तन, शान्ति सम्झौता र सेना समायोजनका विषयमा परिपक्व हुँदै एकताको प्रक्रियासम्म आइपुगेको दाहालले बताए। ‘एउटै ढुङ्गामा चढेर हामी यहाँसम्म आइपुगेका हौं’, अध्यक्ष दाहालले भने, ‘आउने दिनहरुमा पनि यस्तै परिपक्वता देखाउनु आवश्यक छ।’ राजनीतिक दलहरुबीच एकता नभए देशले निकै नै चुनौतीपूर्ण र जटिल परिस्थिति सामना गर्नुपर्ने उनको चिन्ता छ। दलहरु बीचको एकताको बलमा राजनीतिक परिवर्तन, स्थायी शान्ति र विकासका आधारहरु खडा गरिएको बताउँदै दाहालले राजनीतिक एकता हुन नसके त्यो देशका लागि दुर्भाग्य हुने बताए। बहुमतको सरकार बनेपछि कोशीको बाँध, डुवान, रेलमार्ग ल्याउने कुरा सम्भब भएको उनले दाबी गरे।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij