Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

चेल्सीको फराकिलो जितमा जिरूडको दुई गोल


  • शुक्रबार, मंसिर १४ २०७५

  • चेल्सीको फराकिलो जितमा जिरूडको दुई गोल

    एजेन्सी- चेल्सीले यूईएफए युरोपा लिग अन्तर्गत समूह ‘एल’ को खेलमा पाओक सलोनिकालाई ४-० को फराकिलो अन्तरले हराएको छ। चेल्सीको जितमा फ्रान्सेली फरवार्ड ओलिभिएर जिरूडले दुई गोल गरे।

    खेलको सातौं मिनेटमा पाओक १० खेलाडीमा सिमित भयो।

    ओलिभिएर जिरूडलाई फल गरेपछि रेफ्रीले काचेरिदीलाई सिधै रातो कार्ड देखाएपछि ग्रीक टोली १० खेलाडीमा सिमित भएको थियो।

    खेलको २७ औं मिनेटमा चेल्सीको लागि जिरूडले पहिलो गोल गर्दै सुरूवाती अग्रता दिलाए।

    खेलको ३७ औं मिनेटमा मिडफिल्डर सेस फाब्रीगासको पासमा जिरूडले उत्कृष्ट गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे।

    पहिलो हाफमा २-० ले अगाडि रहेको चेल्सीले दोस्रो हाफमा थप आक्रमक खेल्यो।

    खेलको ६० औं मिनेटमा क्यालम हड्सन ओडोईले गोल गर्दै चेल्सीलाई ३-० ले अघि बढाए।

    खेलको ७८ औं मिनेटमा वैकल्पिक खेलाडी अल्भारो मोराटाले गोल गर्दै ४-० को जित पक्का गरे।

    यो सँगै चेल्सी युरोपा लिगको लगातार पाँच खेल जित्ने दोस्रो इंग्लिस टोली बनेको छ। यसअघि टोटेनहमले पनि सन् २०१३-१४ मा यस सफलता हासिल गरेको थियो।

    चेल्सीले सन् २०१० नोभेम्बरयता लगातार ५ युरोपेली खेल जितेको हो। सन् २००९-१० मा प्रतियोगिताको नाम

    अंक तालिकामा चेल्सीको ५ खेलमा १५ अंक छ भने बाटे बोरिसोभ र मोल भिडीको ६-६ अंक छ। पाओकको ५ खेलमा ३ अंक छ। अन्तिम खेलमा चेल्सीले मोल भिडीको सामना गर्नेछ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij