Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

फिफा वरीयतामा नेपाल एक स्थान तल झर्‍यो


  • शुक्रबार, मंसिर १४ २०७५

  • फिफा वरीयतामा नेपाल एक स्थान तल झर्‍यो

    विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेको छ।

    फिफाले बिहिबार निकालेको नयाँ वरीयता अनुसार नेपाल अघिल्लो महिनाको तुलनामा एक स्थान तल झर्दै १६२ औं स्थानमा पुगेको छ। गत महिना नेपाल १ सय ६१ औं स्थानमा थियो ।

    फिफाको नयाँ वरीयता अनुसार दक्षिण एसियाली राष्ट्रमा भारत सबैभन्दा अगाडि ९७ औं स्थानमा छ। यस्तै एक स्थान नै झरेको माल्दिभ्स १५२ औं स्थानमा छ।

    नेपालभन्दा तल रहेको भुटानले दुई स्थान सुधार गर्दै १८६ औं स्थानमा पुगेको छ। यस्तै दुई स्थान सुधार गरेको बंगलादेश १९२ औं, पाकिस्तान १९९ औं र श्रीलंका २०१ औं स्थानमा छन्।

    नयाँ विश्व वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत रहँदा फ्रान्स दोस्रो, ब्राजिल तेस्रो तथा चौथोमा क्रोएसिया र पाँचौ स्थानमा इंग्ल्यान्ड छन्।

    यस्तै पोर्चुगल छैठौं, उरूग्वे सातौं,  स्विजरल्याण्ड आठौं, स्पेन नवौ र डेनमार्क दशौं स्थानमा छन्। यस्तै एक स्थान माथि उक्लिएको अर्जेन्टिना ११ औं स्थानमा उक्लिएको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij