काठमाडौं । रन्जन बिष्ट चम्मिएपछि थ्रीस्टार क्लबले पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सहज जित हात पारेको छ ।
एन्फा मैदान सातदोवाटोमा शुक्रबार भएको खेलमा थ्रीस्टारले विभागीय टोली एपीएफ क्लबलाई २–० गोलले हरायो ।
थ्रीस्टारको जितमा दुवै गोल रन्जन बिष्टले गरे । २५औं मिनेटमा खाता खोलेका रन्जनले दोस्रो गोल ६७ औं मिनेटमा गरेका थिए ।
म्यान अफ दी म्याच घोषित उनले १० हजार रुपैयाँ पुरस्कार पाए । बलियो थ्रीस्टारको दवाव झेलेको एपीएफको गोल फर्काउने प्रयास सफल बन्न सकेन ।
जितसँगै थ्रीस्टार दोस्रो स्थानमा उक्लिएको छ । थ्रीस्टारले पाँच खेलबाट १२ अंक बनाएको छ ।
एक खेल कम खेल्दै समान १२ अंक बनाएको मनाङ मस्र्याङ्दी क्बल शीर्ष स्थानमा छ ।
यसअघि थ्रीस्टारले मनाङसँग हार खेपेको थियो । एपीएफको चार अंक छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
