Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन ७ मा


  • शुक्रबार, मंसिर १४ २०७५

  • सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन ७ मा

    पोखरा– सुन्दर पर्यटकीय नगरी पोखराकै सबैभन्दा ठुलो रोमाञ्चक म्याराथन “सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन २०१९” यही फागुन ७ गते आयोजना हुदैछ । भुतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा र सुजल डेरी प्रा.लिको उत्पादन सफल दुधको मुख्य प्रायोजनमा यस पटक १३ औं संस्करणको आयोजना गरिएको हो ।

    “दौडौ स्वास्थ्यको लागि, दौडौ पोखराको लागि” भन्ने मूल नाराका साथ आयोजना हुने यस म्याराथनले पोखरावासीको खेल र स्वास्थ्य प्रति सकारात्मक प्रभाव पार्नुका साथै पोखराको पहिचानलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन थप मद्दत पु¥याउने विश्वास लिइएको छ ।

    सन २००२ बाट शुरु भएको यस प्रतियोगितामा देश तथा विदेशी धावकहरुको सहभागिताले निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने मंचले जनाएको छ । १३ औ संस्करण सम्म आइपुग्दा यस म्याराथनमा विभिन्न विधाहरु ४२ किमी खुल्ला म्याराथन, १० किमी महिला÷पुरुष दौड, छात्र÷छात्रा ५ किमी दौड, ह्वील चेयर दौड ४०० मीटर–पुरुष र १०० मीटर–महिला, दृष्टिविहिन १०० मिटर दौड तथा सबैका लागि रन फर फन समावेश गरिएको छ । उक्त प्रतियोगीता पोखरा रंगशालाबाट शुरु भएर शहरका विभिन्न ठाउँहरु परिक्रमा गरी पोखरा रंगशालामा नै आएर समापन हुनेछ मंचका अध्यक्ष तेज गुरुङले जानकारी दिएका छन ।

    प्रतियोगिताको खुल्ला म्याराथनमा प्रथम हुनेलाई १ लाख नगद, द्वितीय हुनेलाई ८० हजार, तृतीय हुनेलाई ६० हजार र चौथो हुनेलाई सान्त्वना रुवस्प नगद १० हजार नगद सहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ । त्यसै, १० किमी महिला÷पुरुष म्याराथनमा प्रथम हुनेलाई २० हजार, द्वितीय हुनेलाई १५ हजार र तृतीय हुनेलाई १० हजार प्रदान गरिने छ ।

    त्यसै गरि ५ किलोमिटर छात्र÷छात्रा दौड प्रतियोगितामा प्रथम हुनेलाई १० हजार, द्वित्तीय हुनेलाई ७ हजार र तृतीय हुनेलाई ४ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा ४ सय मीटर ह्विल चेयर पुरुष–महिला र १ सय मिटर दृष्टिविहिन दौडमा विजेता प्रथम, दोश्रो र तेश्रोले क्रमश नगद ५, ३ र २ हजार पाउने छन ।

    प्रतियोगितालाई लक्ष्मी गु्रप अन्तर्गतको संस्था सुजल डेरी प्रालिको उत्पादन सफल दुधले मुख्य प्रायोजन गरेको छ । मंचले सुजल संग वार्षिक ४ लाख ५० हजार प्राप्त हुने गरि तिन वर्षका लागि सम्झौता गरेको छ ।

    सम्पन्न कार्यक्रममा पोखरा महानगर पािलका प्रवक्ता एवम वडा नं ५ का अध्यक्ष धन बहादुर नेपाली, सुजल डेरीका कार्यकारी निर्देशक सुनिल श्रेष्ठ, पोखरेली मंच युकेका अध्यक्ष मान प्रसाद गुरुङ, वि विल राइजका निदेशक बिनोद श्रेष्ठ, तमुधिं यूकेका अध्यक्ष ग्याम गुरुङ, एडभेन्चर स्र्पोट्सका निर्देशक शिखर पाण्डे लगाएतले पोखरा म्याराथनको इतिहासले खेलकुद क्षेत्रको बिकासमा पारेको महत्वपूर्ण प्रभाव र यसलाई सफल बनाउन सबै तह र तप्काले खेल्नु पर्ने भूमिकाका बारेमा बोलेका थिए ।

    पोखरा म्याराथनमा कुल २८ जना प्रतियोगीहरु पुरस्कृत हुँदैछन भने प्ुरुस्कार रासी मात्रै ३ लाख ६९ हजार खर्च हुनेछ । मंचका अध्यक्ष गुरुङका अनुसार प्रतियोगिता सम्पन्न गर्न २२ लाख ९९ हजार खर्च हुनेछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij